वाइवाई यु–१९ क्रिकेट सुरु, विन्ध्यवासिनी र बाराहीको जीत

पाेखरा | जेठ ८, २०८१

वाइवाई यु–१९ क्रिकेट सुरु, विन्ध्यवासिनी र बाराहीको जीत

पोखरा:   टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाइवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजयी सुरुवात गरेका छन् ।

 

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो ।

 

निर्धारित २५ ओभरको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । 

 

१ सय १६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बिन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर १सय १६ रन बनाएर लक्ष्य पुरा गरेको थियो । 

 

विन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहदै अर्धशतक पुरा गर्ने क्रममा ५१ बलमा नौ चौका र पाँच छक्का सहित टोलीका लागि ७६ रनको योगदान गरेका थिए । उनी खेलका म्यान आफदी म्याच समेत घोषित भएका थिए ।

 

टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहदै एक रन जोडेका थिए ।                                                                               

 

भद्रकालीका लागि सलभ सुबेदी नट आउट रहदै ५० बलमा दुई चौका प्रहार गदै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

 

दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बाराही ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।

 

बाराहीको जितमा ओपनर रोहित चन्द्र नट आउट रहदै २३ बलमा चार चौका सहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

 

उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहदा अनिश पटेलले टोलीका लागि सर्वाधिक सात रन जोडेका थिए ।

 

चार टोली सहभागि रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएर द्धय भोजराज बराल र दिलिप अग्रहरीलाई बल हस्तान्तरण गदै गरेका थिए । उद्घाटन पछि मेयर अर्चायले महानगरपालिकाले खेलकुद र पर्यटनलाई जोड्ने गरि विभिन्न कार्यक्रम संचालन र सहयोग गदै आएको बताएका थिए ।

 

क्रिकेट सम्भावना बेकेको खेल रहेको भन्दै खेल क्षेत्रको लागि आउदो आर्थिक वर्ष महानगरले बजेट बृद्धी गर्ने बताएका थिए ।

 

आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार  टिम बनाईएको जानकारी दिए । जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहेन प्रतियोगितामा बिहीबार र शुक्रबार दुई÷दुई खेलहरु हुने उनले जानकारी दिए ।                
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्